मेरो बारेमा दुई शब्दहरु

म अहिले सफ्टवेयर ईन्जिनियरको रूपमा क्लाउडी फक्स टेक्नोलोजीमा काम गर्दैछु।

म आफ्नो क्लाईन्ट को लक्ष्य अनुसार प्रोजेक्ट दिने कुरा मा सदैब अग्रसर छु। मलाई यो कुरा को बारेमा मा अध्ययन गरेर आफ्नो बिकास गर्नु छ। मलाई नयाँ नयाँ टेक्नोलोजी हरु को बारेमा सिकेर मेरो ज्ञान लाई अझै बढाउदै लेर जानु छ। काम बाहेक जिन्दगी मा रमाइलो पनि गर्न पर्छ। यस्ले काम प्रती को लगन र जीवन प्रती को बिचार दुइटै सहि आउछ।
यती भन्दै म मेरो दुई शब्द यही टुङाऊछु, धन्यवाद!

 

म के गर्छु

दिन भरी यो कोड चल्यो किन र चलेन किन भनेर खोज्दै बिते पनि यी कुराहरु मा काम गर्न सक्छु

  • वर्डप्रेस थीम विकास
  • वर्डप्रेस प्लगइन्स विकास
  • वेब आप्लिकेसन विकास
  • रेस्ट ए.पि.आई विकास
  • पहिला भएको वेबसाईट को सप्पोर्ट र मैन्टेनेन्स
  • बेसिक प्रोजेक्ट म्यानेजमेन्ट
  • कानबान/अजाईल वोर्क फ्लो
  • वर्डप्रेस वेबसाइट दीप्लोये
2 वर्षको अनुभव

कल गर्नुहोस्

९८६०११९१६२

म यी टेक्नोलोजिहरुमा काम गर्दै छु

एच.टि.एम.एल
सि.एस.एस
जाभास्क्रिप्ट / जेकुएरी
पि.एच.पि
वर्डप्रेस
लाराभेल

सेवा प्रस्ताव

दिन लाई त धेरै कुरा सकिन्छ तर प्रोफेसन अनुसार म यो सेवा हरु प्रधान गर्न सक्छु।

वर्डप्रेस थीम विकास

तपाईं सँग वेबसाईट छैन, नयाँ बनाउन खोज्दै हुनुन्छ र वर्डप्रेसमा बनाउन सोच्नु भएको छ।
तपाईं को सोच सही छ म समर्थन गर्छु तपाईंको यो बिचारलाई

वर्डप्रेस प्लगइन्स विकास

तपाईं सँग वर्डप्रेसमै वेबसाईट छ तर प्लगिन चाहिएको छ जस्ले तपाईं को काम र साईट दुइटै बबाल हुन्छ।
तपाईं बबाल बनाउने सोच्नुस्, बनाउने काम मेरो हुने छ।

वेबसाइट मर्मतसम्भार

तपाईं सँग वेबसाईट छ तर केही बिग्रेको छ,सोचेको जस्तो चलेको छैन, किन टेनसन लिनु म हेर्छु नि के भएको रहेछ,ल यस्तो पो भएछ।
*र्‍याप पनि हान्छु नि म*

वर्डप्रेस एकीकरण

तपाईं सँग वेबसाईट त छ, सुनन यो अनुच्छेद थप्न पर्ने छ,थप्दिन मिल्छ भन्दा वाक्क लाग्छ है? तेस्को टेनसन न लिनुस् तपाईं आँफै ले थप्न मिल्ने बेवस्ता छ।

वर्डप्रेस बहुभाषी कार्यान्वयन

तपाईं सँग वर्डप्रेसमै वेबसाईट छ, बधाई छ! सही हो! तर तेस्मा एक भन्दा बढी भाषा हरु चहिएको छ?
जती धेरै भाषा तेती धेरै मान्छे।

लाराभेल वेब आप्लिकेसन विकास

यदी तपाईं को सोच ठुलो छ र केही ठुलो गर्न सोच्नु भएको छ अन्लाईन को संसार मा, आउनुस् लराभेल मा केही दामी बनाउ। मज्जा आओस न।

रेस्ट ए.पि.आई विकास

आजकाल जता ततै मोबाईल को जमाना छ, तपाईं को आप्लिकेसनलाई अप्प सँग जोद्द्न परेमा। हामी पनि किन अप टु डेट नहुने त हैन?

वेबसाइट डिप्लोय

तपाईं सँग आफ्नो वेबसाईट वा आप्लिकेसन छ तर तेस्लाई लाईभ मा हाल्न लागि न होस्टिङ छ या हाल्न समस्या छ भने, म कुन दिन काम आउछु त?

ल अब काम तिर लागौ
पहिला, मेरो आहिले सम्म को काम हरु हेर्ने हो कि त?

हामी प्रोग्रामर लाई अत्या आवश्यक के होला जस्तो लाग्छ ? त्यस्मा थिच्नु होस्।

महिले गफ देको जस्तो त लागेको छैन नि?

केही शब्द हरु क्लाईन्ट बाट

*कस्सम यो मैले पैसा तिरेर लेखाउन सक्दिन, म सधैं भुक्का टाट नै हो*

अब पनि पिङ गर्नु हुन्न मलाई?

ईमेल राख्नुस्, बटन थिच्नुस्, म छिटो तपाईं लाई कन्ट्याक्ट् गर्ने छु।